गर्मी मौसममा व्यायाम गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?

काठमाडौं– व्यायाम गर्नु शरीरका लागि अति आवश्यक कुरा हो ।

यसले शरीरलाई पोस्चर, स्टामिना, शक्ति, रगत सञ्चाालन, ब्लड प्रेसर, स्वास्थ दिमाग आदि सम्पूर्ण कुरा राम्रो रहन्छ ।

यद्यपि, व्यायाम गर्नु जति आवश्यक छ त्यति नै सावधानी अपनाउनु पनि आवश्यक छ ।

किनभने व्यायाम अथवा वर्कवाउटको क्रममा आवश्यक सावधानी नअपनाउनाले स्वास्थ्य बिग्रन सक्छ ।

गर्मी मौसममा केही आवश्यक कुरामा ध्यान दिइएन भने रिंगटा लाग्ने, डिहाइड्रेसन अथवा कमजोरीको समस्या हुन सक्छ ।

गर्मीयाममा व्यायामा गर्नु अगाडि ध्यान दिनु पर्ने सात कुरा :

अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित जानकारीका अनुसार गर्मी मौसममा व्यायाम गर्नु अगाडि यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

अत्याधिक गर्मीका कारण हाई इन्टेन्सिटी छ भने व्यायाम गर्नु हुँदैन । जबसम्म वरपरको वातावरण शरीरको तालमेलसंग मिल्दैन, तबसम्म व्यायाम गर्नु हुँदैन ।
यदि आउटडोर एक्सरसाइज गरिरहनु भएको छ भने कुनै रुखमुनि अथवा छायाँमा गर्ने कोशिश गर्नु पर्छ । यसो गर्दा तापक्रम कम हुनुको साथै आरामदायक पनि महसुस हुन्छ ।
यदि गर्मी मौसममा दिउँसो व्यायाम गर्ने सोच्नु भएको छ भने गलत सोच्दै हुनुहुन्छ । दिउँसो गर्मी, उष्ण वायु र प्रदुषणको स्तर सबैभन्दा धेरै हुन्छ, जसले स्वास्थ्यलाई नोक्सान पुऱ्याउन सक्छ ।
व्यायाम अथवा वर्कआउटका लागि खुकुलो लुगा लगाउनु पर्छ । सूती र लिनेन कपडाको लुगाले शितलता प्रदान गर्छ ।
व्यायाम अथवा वर्कआउटको क्रममा थोरै थोरै मात्रामा पानी पिइरहनु पर्छ । यसो गर्दा पसीनाका कारण शरीरमा कमी भएको पानीको मात्रा परिपूर्ण हुन्छ । जसका कारण हीट क्रेम्प, हीट स्ट्रोक अथवा अत्याधिक थकान हुँदैन ।
हिंड्न अथवा दौडनका लागि बाहिर जाँदै हुनुहुन्छ भने त्यो क्रममा सूर्यको किरण धेरै हुन्छ, त्यसैले सनस्क्रीनको उपयोग गर्न भुल्नु हुँदैन । यसो गर्दा टोनिंगबाट छाला बच्नुको साथै स्वस्थ पनि रहन्छ ।
व्यायामका लागि आरामदायक र फिटिङ जुत्ता लगाउनु पर्छ । पसीना सोस्ने किसिमको मोजा लगाउनु पर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार