लिस्बन।
३ दिनको फरकमा पोर्चुगलमा दुई नेपालीले ज्यान गुमाएका छन्।
मृत्यु भएका दुबै नेपालीको उपचारका क्रममा निधन भएको हो।
नेपालमा काभ्रेपलाञ्चोक स्थायी घर भएका प्रदिप तामाङ्को उपचारका क्रममा आज १७ जुन बिहिवारका दिन निधन भएको छ।
२५ बर्षीय तामाङ् ब्रेन ट्युमरबाट ग्रसित थिए। उनको राजधानी लिस्बनस्थित आइपीओ अस्पतालमा उपचार हुदै आएको थियो।
तीन दिन अगाडी मात्रै उपचारकै क्रममा म्याग्दीका ५३ बर्षिय भगवान मल्लको १४ जुनका दिन भएको छ।
मल्ल बैदेशिक रोजगारीको सिलसिलामा ६ बर्ष अगाडी पोर्चुगल आएका थिए। स्वर्गीय मल्लको लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचार हुदै आएको थियो ।स्वर्गीय मल्लको पारिवारिक चाहना अनुसार उनको अन्तिम श्रद्धाञ्जली एबम दाहसंस्कार पोर्चुगलमा गरिने भएको छ।
उज्ज्वल भबिष्यका लागि पोर्चुगललाई कर्मथलो बनाएका २ जना नेपालीलाई ३ दिनको फरकमा गुमाउनुपर्दा पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ ।
सन् २०२१ को पछिल्लो ६ महिनामा मात्रै पोर्चुगलमा करिब १० जना नेपालीले ज्यान गुमाईसकेका छन्।
सन् २०२१ मा पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरु :