लिस्बन।
पोर्चुगलमा १८ बर्ष बढी उमेर समुहकालाई कोभिड भ्याक्सिन ४ जुलाईबाट दिईने भएको छ।
संसदीय स्वास्थ्य आयोगमा कोरोना नियन्त्रण र रोकथामको उपायहरुको बिषयमा भएको एक छलफलमा सो जानकारी दिईएको हो।
सरकारले अघिल्लो सातादेखि भ्याक्सिन लगाउने कार्यमा निकै तिब्रता दिएको छ।
स्वास्थ्य महानिर्देशनालयले लिस्बन महानगरपालिकाभित्र कोरोनाको परिक्षण निशुल्क गरेको छ। नागरिकहरुले अब कोरोनाको परिक्षण अशंख्य रुपमा पनि निशुल्क गर्न सक्नेछन।