प्रदीप रोदन /गोरखा
दिनभरको काम फेरि सोचाइ रातभरको।
कहिले भरिन्छ कुन्नि घैला यहाँ रहरको।
पढ्दा हजार काव्य भन्दा ठूलो रहेछ,
हेर्दा कहाँ बुझिन्छ सिउँदोको एक धर्को।
धमिलो भए नि पानी,पानी जहर भए नि,
माछाले जाने ठाउँ होला कहाँ र अर्को।
शालिक बनाउने र शालिक हुने दुबै छन्,
इतिहास लेख्छ कसले बन्नेछ खै अमर को?
जसले बगर बनायो उसलाई छेकिदिनु,
ढुङ्गा र बालुवा सब बटुलेर यै बगरको।