लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या आकाशिएसंगै जर्मनीले रातो सूचीमा राखेको छ।
जर्मनीको यो निर्णयसंगै पोर्चुगलबाट जर्मनी यात्रा गर्ने हरेक यात्रुले अब देखि १४ दिनको अनिवार्य क्वारेण्टिनमा बस्नुपर्नेछ।
जर्मन सरकारको यो नियम आउदो मंगलवारबाट लागु हुनेछ। पोर्चुगलमा डेल्टा भेरियन्टका संक्रमितहरुको संख्या तिब्र गतिमा बढेपछि जर्मन सरकारले पोर्चुगललाई रातो सूचीमा राखेको हो।
यता पोर्चुगल सरकारले खुकुलो बनाउदै गएको नीति परिवर्तन गर्दै लिस्बन, अल्बुफ़ेइरा र सिसेम्ब्रामा लकडाउन सहित थप कडाइ गरेको छ। त्यस्तै २५ नगरपालिकाहरुलाई कोरोना संक्रमणको उच्च जोखिमको सुचिमा राखेको छ।