एनआरएनए पोर्चुगल नर्थ क्षेत्रीय समिति गठन, महिला सहभागिता प्रायः शून्य !

लिस्बन ।

पोर्चुगलको उत्तरी क्षेत्रलाई आधार बनाएर गैर आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय तदर्थ समिति गठन गरेको छ ।

संघले उत्तरी क्षेत्रमा पर्ने पोर्तो, कोइम्ब्रा, भिलारियल आदि क्षेत्रलाई आधार बनाएर क्षेत्रीय समिति गठन गरेको हो। १५ सदस्य रहेको तदर्थ समितिमा जम्मा एक जना महिला मात्रै समावेश गरिएको छ। समितिमा महिला सहभागिता प्रायः शून्य भएपछि नारी अधिकार र हकहितका लागि काम गर्दै आएका दुई संस्थाहरु नेपाली महिला समाज र नेपाली नारी समाज रुष्ट भएका छन्। उनीहरुले संघले महिला सहाभागिता प्रायः शून्य राख्नु महिलामाथिको नेतृत्वको हेपाहा प्रबृत्ति भएको बताएका छन्।

तदर्थ समिति गठन प्रक्रियामा समेत सार्वजनिक जानकारी नभएकोमा उत्तरी क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले समेत संघको आलोचना गरेका छन्। एनआरएनए पोर्चुगलको पहलमा गठित तदर्थ समितिको अध्यक्षमा दीपक सापकोटा, वरिष्ठ उपाध्यक्षमा मोहनसिंह खड्का, उपाध्यक्षमा खेमबहादुर कुँवर, महासचिवमा दीपक गौतम, सचिवमा नवीन खड्का, कोषाध्यक्षमा आशिष मगर, सह कोषाध्यक्ष सुदीप खरेल, महिला संयोजकमा सन्तोषी थापा रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा नवीन ढुंगाना, राहुल शर्मा, रबिन सापकोटा, मिलन सारु मगर, अरुण मगर, किशोर केसी र बोधराज लिम्बु रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार