पुष्पराज जोशी , लेकुडा
मेरो देश
सायद हास्न
जानेको छैन ।।
बर्षो देखि
राजनीतिक घाउले
चोटिल देश,
हरेक बर्ष
प्राकृतिक विपत्तिले
खुर्सानी छर्कन्छ ।
विस्तारै घाउ
माहुरी बस्छ
पिडा बिर्सिएर
मुसुक्क हास्छ ।
वैरीले फेरी
महामारी पठाउछ
खुशी सबै
खोसेर लान्छ ।
र लाग्छ मेरो देश
हास्न जानेको छैन ।।