सेफ निरीक्षकहरूको शुक्रबार हड्ताल : संसदभवन अगाडी विरोध प्रदर्शन गर्ने !

लिस्बन।

सेफ निरीक्षकहरूको युनियनले ९ जुलाई शुक्रवार हड्ताल गर्ने जनाएको छ।

हड्तालकै क्रममा सेफ निरीक्षकहरूको युनियनले पोर्चुगलको संसद भवन अगाडी बिरोध प्रदर्शन गर्ने बताएको छ।

सेफले आव्हान गरेको सो हड्तालका कारण सेफका अधिकाँस कार्यालयहरु शुक्रवार बन्द रहनेछन, तर सेफले सो दिन न्युनतम सेवा दिने बताएको छ।

सरकारले सेफका प्रहरी सेवा पीएसपी र जीएनआरमा समाहित गर्ने बताएपछि सेफका निरीक्षकहरुले निरन्तर हड्ताल र सरकारसँग वार्ता गर्दै आईरहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार