पोर्चुगलमा कोरोना : निको हुनेभन्दा संक्रमित दोब्बरले वृद्धि , एकैदिनमा १५०७ निको हुँदा ३२८५ थपिए, ८ को मृत्यु !

लिस्बन।

पछिल्लो समय पोर्चुगलमा निको हुने कोरोनाका बिरामीको संख्याभन्दा नयाँ संक्रमितको संख्यामा दोब्बरले वृद्धि हुदै गएको छ।

बुधवार मात्रै एक हजार ५ सय सात जना कोरोनाका बिरामी निको हुँदा ३ हजार २८५ जना संक्रमित थपिएका छन्। सोही समयमा ८ जनाको कोरोनाकै कारण ८ जनाको ज्यान गएको छ।

नयाँ संक्रमितहरुमध्ये एक हजार ७१७ जना लिस्बनमा मात्रै रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। यो संख्या नयाँ संक्रमितको ५२ प्रतिशत हो।

स्वास्थ्य महानिर्देशनालयका अनुसार ६०३ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भईरहेको छ। १३० जनाको आइसियुमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार