– सुरेश जोशी, पोर्चुगल।।
पोर्चुगलमा कोरोनाको भ्याक्सिन लगाएर १८ लाखले डिजिटल सर्टिफिकेट लिएका छन्।
बिश्व स्वास्थ्य संगठनको पछिल्लो ताजा तथ्यांक अनुसार पोर्चुगलमा ९६ लाख ६० डोज कोरोनाको भ्याक्सिन प्रयोग गरिसकिएको छ। पोर्चुगलमा कोरोना भ्याक्सिनको पुरा डोज लगाउनेको संख्या ३९ लाख ९० हजार पुगेको छ, यो संख्या कूल जनसंख्याको ३८.९ प्रतिशत हो।
अन्तराष्ट्रिय हवाई यात्रा र युरोपभित्रको हवाई यात्रामा डिजिटल सर्टिफिकेट अनिवार्य भएपछि सर्टिफिकेट लिनेको संख्या बढेको हो।
पोर्चुगल सरकारले देशभित्रै पनि रेस्टुरेन्ट, क्याफे र होटेलमा प्रवेश गर्न डिजिटल सर्टिफिकेट वा कोरोना परिक्षणको नकारात्मक रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने कानुन बनाएपछि डिजिटल सर्टिफिकेट लिनेहरुको संख्या ह्वात्तै बढेको छ।