एनआरएनए क्षेत्रीय समिति अलेन्तेजोको अधिबेशन सम्पन्न , काशीरामको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लिस्वन ।

गैरअवासीय नेपाली संघ क्षेत्रीय समिति अलेन्तेजोको आज आइतवार अधिबेशन सम्पन्न भएको छ। अधिनेशंले काशीराम बन सन्यासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

क्षेत्रीय समितिको उपाध्यक्षहरुमा पोलिन्द्र अधिकारी, बिक्की सुवेदी, नारायण प्रसाद भट्टराई र टिकाराम आचार्य गरी चार जना रहेका छन । त्यस्तै महासचिवमा अर्जुन सापकोटा सचिवद्वय शुसिल रिमाल र दिपेन्द्र बहादुर मल्ल चयन भएका छन् ।

युवा संयोजकमा हिरालाल गैरे, महिला संयोजकमा सञ्जिना शर्मा र कोषाध्यक्षमा नरेन्द्र गिरी रहेका छन् । समितिको सदस्यहरुमा रोमहस भण्डारी, निख बहादुर बस्नेत, रविचन्द्र आचार्य, हिरालाल भण्डारी र रुक्मा कुमारी शाह रहेका छन्। महिला उपाध्यक्ष र आवश्यक अन्य पदाधिकारीहरु नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।

हाल गैरअवासीय नेपाली संघ क्षेत्रीय समिति अलेन्तेजोमा २३७ जना सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार