कांग्रेसमा डनतन्त्र हावी : पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता !

काठमाडौं ।

नेपाली कांग्रेसमा लामो समय रजगज गरेका कयौ नेताहरुले नै पार्टीको क्रियाशील सदस्यता पाएनन्।

पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले आफ्नो क्रियाशील सदस्यता नविकरण नभएको गुनासो गरेका छन्।

त्यस्तै सर्लाहीमा क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सांसद् अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाटै राजीनामा दिएका छन्।

क्रियाशील सदस्यता नपाएपछि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवका छोरा डाक्टर चन्द्रमोहन यादव कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन् ।

आजीवन चारतारे झण्डा र रुख चुनाव चिन्ह भनेर जीवनको उर्जाशील समय राजनीतिमा बिताएकाहरू पार्टीबाट रित्तो हात फर्किनुपरेको छ। पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई बाइपास गरेर पुँजीपतिको हातमा पार्टी बुझाए विद्रोह गर्ने उनीहरूको चेतावनी दिएका छन् ।

ललितपुरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय क्रियाशील सदस्यता पीडितहरूको न्याय माग्ने मञ्च बनेको छ । जहाँ काउन्टर दिन उनीहरूले धर्ना सुरु गरेका छन् ।

क्रियाशील सदस्यता वितरणको नाममा पार्टीलाई ठेकेदार, दलाल, तस्कर, पुँजीपति र अपराधमा संलग्नहरूलाई बुझाउन नेतृत्व लागेको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार