पोर्चुगलमा फुटपाथमा साइकल चलाए १५० युरोसम्म जरिवाना !

लिस्बन।

के तपाईलाई थाहा छ कि फुटपाथमा साइकल चलाउनु कानुनको उल्लङ्घन हो ?

सडकपेटीमाथि साइकल कुदाउनु, वा ईन्जिन वा ट्रोटनेट इञ्जिन वा ईन्जिन वा इलेक्ट्रिक साइकल चलाउनु , आत्म-सन्तुलित र अटोमोटर मोटर कुदाउनु , वा मोटर परिसंचरणको अन्य समान साधनहरू गतिमा हुइकिनु पोर्चुगलको कानुनको सडक नियमको आर्टिकल १७ ले बर्जित गरेको छ। यसो गरेको खण्डमा प्रहरी वा सुरक्षा अधिकारिहरुले कम्तिमा ३० युरोदेखि बढीमा १५० युरोसम्म जरिवाना गर्न सक्नेछन्।

माथि उल्लेखित कानुन १० बर्षसम्मका बालबालिकाहरुका लागि भने लागु हुनेछैन।

१० बर्ष माथिकाहरुले साइकल तथा बिधुतिय साइकल फुटपाथमा डोर्याएर हिड्न सक्नेछन् तर उनीहरुलाई फुटपाथमा साइकल चलाउन अनुमति छैन।

साइकल पनि सवारीको एक साधन हो। साइकल र गाडीमोटरहरुले एउटै सडक शेयर गर्ने भएकोले उनीहरुका लागि पनि सवारी तथा सडक कानुन बराबर लाग्ने गर्दछ।

त्यस्तै साइकल तथा बिधुतिय साइकल वा यस्तै अन्य सवारी साधनहरु सडक पेटीमा अवरोध गरेर राख्न निषेध गरिएको छ। यसको उल्लङ्घनको हकमा समेत माथि उल्लेखित कानुन आकर्षित हुने गर्दछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार