पोर्चुगलमा लकडाउन हट्यो : रेस्टुरेन्ट र खुद्रा पसल सामान्य रूपमा खुल्ने !

लिस्बन।

पोर्चुगलमा सरकारले आफ्ना नागरिकहरुलाई कोरोना भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएसँगै जनजीवन सहज र सामान्य बनाउने योजना ल्याएको छ।

” कोरोना संक्रमणका कारण वाणिज्य र रेष्टुरेन्टहरूमा लगाईएको समय प्रतिबन्ध १ अगस्तमा अन्त्य हुनेछ, जबकि छुट्टी र सप्ताहन्तमा भित्री स्थानहरूमा डिजिटल प्रमाणपत्रको अनिवार्य प्रयोग कायम राखिनेछ।”

प्रधानमन्त्री एन्तोनियो कोस्ताले पोर्चुगलमा लागू गरिएको लकडाउन १ अगस्तमा अन्त्य हुने घोषणा गरेका छन्। जनजीवन सामान्य बनाउन सरकारले विभिन्न ३ चरणका कार्यक्रम ल्याएको छ।

प्रधामन्त्री कोस्ताले आज घोषणा गरे कि , ” कोरोना संक्रमणका कारण वाणिज्य र रेष्टुरेन्टहरूमा लगाईएको समय प्रतिबन्ध १ अगस्तमा अन्त्य हुनेछ, जबकि छुट्टी र सप्ताहन्तमा भित्री स्थानहरूमा डिजिटल प्रमाणपत्रको अनिवार्य प्रयोग कायम राखिनेछ।”

सरकारले व्यवसायिक प्रतिष्ठानहरुमाथि लगाएको समय सिमा बन्देज हटाएको जनाएको छ। १ अगष्टपछि रेस्टुरेन्ट लगायत सबै व्यवसायिक प्रतिष्ठानहरु आफ्नो सामान्य खुल्ने समय पुनः सुरु गर्न सक्षम हुनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार