लिस्बन।
पोर्चुगलमा बार र नाइट क्लब अक्टोबरसम्म नखुल्ने भएका छन्।
कोरोना संक्रमणका कारण पोर्चुगलमा नाइट क्लब मार्च २०२० देखि नै पूर्णरुपमा बन्द गरीएका थिए।
प्रधानमन्त्री एन्तोनिया कोस्ताले भने कि , ” बार र नाइट क्लब अक्टोबरसम्म बन्द रहनेछन्। त्यसपश्चात् यी ब्यापारिक प्रतिष्ठानहरु ग्राहकको कोरोना भ्याक्सिन लगाएको सर्टिफिकेट वा कोरोना नेगेटिभ टेष्ट सर्टिफिकेट वा कोरोनाबाट निको भएको सर्टिफिकेट हेरेर मात्रै खोल्न सक्नेछन।
अक्टोबरको अन्त्यसम्म सरकारले ८५ प्रतिशत जनसंख्यालाई कोरोनाको पूर्ण खोप लगाईसक्ने लक्ष्य लिएको छ। यो संगै सरकारले बार र नाइट क्लब पनि खोल्ने नीति लिएको हो।