एनआरएनए पोर्चुगल निर्वाचन : अध्यक्षले आफ्नै घरलाई मतदान स्थल बनाएपछि अलेन्तेजो क्षेत्रमा निर्बाचन बहिष्कार, मतदाता आक्रोशित !

लिस्वन ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अलन्तेजो क्षेत्रको पनि निर्वाचन स्थगन भएको छ। त्यस्तै आजै बिहान एकै समय १० बजेदेखि शुरु हुने भनिएको अल्गार्भ क्षेत्रमा समेत निर्बाचन स्थगित भएको छ । यो संगै पोर्चुगलमा रहेका ४ निर्वाचन क्षेत्रमध्ये लिस्बन र नर्थ क्षेत्रमा मात्रै आज निर्वाचन हुदैछ भने अलेन्तेजो र अल्गार्भ क्षेत्रमा निर्वाचन रद्ध भएको छ।

बर्तमान कार्यसमिति अध्यक्ष तिलक गैरेले पुर्व निर्धारित निर्बाचन समितिको सूचनालाई बेवास्ता गर्दै माल्वादोमा आफ्नो घरलाई नै मतदान केन्द्र बनाएपछि सो स्थानमा मतदान केन्द्र राख्न नहुने भन्दै असन्तुष्ट पक्षले निर्वाचन निर्वाचन बहिष्कार गरेका छन्। एनआरएनए निर्वाचनमा सो क्षेत्रमा हरेक बर्ष जनसम्पर्क समर्थक पदाधिकारीहरुद्वारा मतदान बुथ कब्जा गर्दै आफ्नो प्यानलमा एकछापे मत खसाल्दै आएका थिए।

अलेन्तेजो र अल्गार्भ क्षेत्रमा मतदान स्थगन भएपछि काममा संघको निर्वाचनमा मतदान गर्न बिदा लिएर फुर्सद निकालेका मतदाताहरु निकै आक्रोशित भएका छन्।

संघको निर्वाचनमा लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ गरी ४ क्षेत्र छुट्याईएको थियो। अल्गार्भ क्षेत्रमा ३ बुथ सहित एउटा घुम्ती बुथ र अलेन्तेजो क्षेत्रमा एक बुथ राखिएका थिए।

अलेन्तेजो क्षेत्रको मतदान केन्द्रको विषयलाई लिएर विवाद भएपछि निर्बाचन स्थागित भएको छ । श्रोतका अनुसार बर्तमान कार्यसमिति अध्यक्ष तिलक गैरेले पुर्व निर्धारित निर्बाचन समितिको सूचनालाई बेवास्ता गर्दै माल्वादोमा आफ्नो घरलाई नै मतदान केन्द्र बनाएपछि सो स्थानमा मतदान केन्द्र राख्न नहुने भन्दै असन्तुष्ट पक्षले निर्वाचन निर्वाचन बहिष्कार गरेका छन्। एनआरएनए निर्वाचनमा सो क्षेत्रमा हरेक बर्ष जनसम्पर्क समर्थक पदाधिकारीहरुद्वारा मतदान बुथ कब्जा गर्दै आफ्नो प्यानलमा एकछापे मत खसाल्दै आएका थिए।

मतदान केन्द्रको बिषयमा बिबाद चुलिएपछि निर्बाचन संयोजक रमेश गुरुङले तत्कालका लागि निर्बाचन स्थगित भएको बताएका छन ।

मतदान स्थानको बारेमा बिबाद भएपछि त्यस क्षेत्रको निर्बाचन स्थागित भएको निर्बाचन समितिका संयोजक रमेश कुमार गुरुङले बताएका छन्।

गैर आवासिय नेपाली सघं पाेर्तुगलकाे निर्वाचन २०२१-२३ को लागि कुल मतदाता संख्या १६८८ मध्ये लिस्बोनमा कुल मतदाता संख्या १०७० रहेको छ ।

अहिले दिउसो २:३० बजे सम्म २९५ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अलेन्तेजो क्षेत्रमा २३८ जना र अल्गार्भमा २३६ जना मतदाता रहेका छन्।

#InUpdate
फोटो: इएनएन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार