एनआरएनए पोर्चुगल निर्वाचन : रद्ध भएका क्षेत्रहरु अल्गार्भ, अलेन्तेजो र नर्थमा ८ अगस्तमा निर्बाचन

लिस्वन ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको १ अगस्तमा रद्ध भएका क्षेत्रहरुमा निर्बाचन सम्पन्न गर्न केन्द्रीय निर्बाचन समितिले नयाँ निर्बाचन तालिका सार्वजनिक गरेको छ ।

समितिले आगामी ८ अगस्तमा आइतवार निर्बाचन गराउने गरी तालिका सार्वजनिक गरेको छ ।

अलेन्तेजो र अल्गार्भमा मतदानस्थलको विवादका कारण र नर्थमा निर्वाचन समयभन्दा दुई घण्टा पहिले नै मतपेटिकामा २२ मत खसेपछि यी क्षेत्रहरुमा निर्वाचन रद्ध भएको हो।

निर्बाचन रोकिएका अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा आगामी आइतबार निर्बाचन गर्ने निर्णय भएको निर्बाचन समितिका संयोजक रमेश कुमार गुरुङले जानकारी दिए । उनका अनुसार तीनवटै निर्बाचन क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म निर्बाचन हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार