लिस्बन।
पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन ५७ प्रतिशत नागरिकले पूर्ण रुपमा लगाएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
गत आइतवारसम्ममा ५८ लाख ५० हजार बढीले कोरोना बिरुद्धको पूर्ण भ्याक्सिन लगाएको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ। यो संख्या पूर्ण जनसंख्याको ५७ प्रतिशत हो।
स्वास्थ्य महानिर्देशनालयका अनुसार ३ अगस्त सम्ममा ७० लाख ५ हजार बढीले भ्याक्सिनको कम्तिमा एक डोज लगाईसकेका छन्, जुन जनसंख्याको ६९ प्रतिशत हो।
पोर्चुगलमा कोरोना भ्याक्सिनको पहिलो डोज २७ डिसेम्बर २०२० मा लगाईएको थियो।
पोर्चुगल सरकारले जम्मा ४ प्रकारका भ्याक्सिनहरु प्रयोगमा ल्याएको छ , जसमा एकडोज मात्रै लगाईने जान्सेन , र दुई डोज लगाउनुपर्ने भ्याक्सिनहरु फ़ाइजर बायोटेक, मोडेर्ना र अस्त्राजेनेका रहेका छन्।