एनआरएनए पोर्चुगलका प्रवक्ता खनालको कांग्रेसीहरुलाई उर्दी : “एक जनाले कमसेकम ३ भोट खसाल्नु, मतपेटिकामा खसेको भोट बाहिर निस्कदैन “

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्ता राम खनालले कांग्रेसीहरुलाई संघको निर्वाचनमा प्रत्येक व्यक्तिले ३ -३ भोट खसाल्न उर्दी दिएका छन्।

उनले पोर्चुगलमा रहेका कांग्रेसीहरुको गोप्य अनलाइन बैठकमा उक्त अभिव्यक्ति दिएका छन्। पोर्चुगलमा रहेका कांग्रसीहरुको गोप्य बैठकको सो अभिव्यक्ति बाहिरिएपछि यहाँ रहेका कांग्रसीहरु तनावमा छन्।

संघको कार्यकाल सकिन ११ महिना बाँकी रहदा सदस्यमा मनोनित हुदै संघको प्रवक्ता बनेका खनाल संघको कार्यसम्पादन गर्नुभन्दा पनि काँग्रेस पार्टीको पहरेदार भएर काम गर्दै आएका छन्। उनी समय समयमा गलत अभिव्यक्ति दिएर पनि आलोचित मात्रै हुदै आएका छैनन्, उनका अभिव्यक्तिले संघको गरिमामा समेत बारम्बार आँच आउने गरेको छ।

केही साता अगाडी मात्रै संघको निर्वाचनको संघारमै ” स्वतन्त्र उम्मेदवारका दिन गए “ भनेर अभिव्यक्ति दिदै आलोचित भएका उनले फेरी कांग्रेसीहरुलाई दिएको उर्दी ” जसरि पनि ३ -३ मत खसाल्नु, मतपेटिकामा खसेको भोट बाहिर निस्कदैन ” भन्ने अभिव्यक्ति बाहिरिएको छ।

एक कांग्रेसीले भने, ” म काँग्रेसी हुँ भन्दैमा पार्टीभित्र र समाजभित्र आफ्नै साथीहरुले गर्ने गलत क्रियाकलाप र प्रबृत्ति हेरेर बस्न चुप बस्न सकिदैन । संघको निर्वाचनको बिषयमा जनसम्पर्कभित्र पनि ठुलो मतभेद भएको छ , स्थिति उस्तै रहे जनसम्पर्क समिति नै फुटेर दुई हुनेसम्म कुरा बाहिर आएका छन्। संस्थापन पक्षले सधै गलत गर्ने र त्यसलाई नयाँ साथीहरुले समर्थन गर्नुपर्छ भन्ने छैन। डटेर सामना गरिन्छ। ”

उता संघको ४ निर्वाचन क्षेत्रमध्ये लिस्बनामा मात्रै निर्वाचन सम्पन्न भएको छ। लिस्बनमा पनि ७ मत बढी खसेकोले विवाद चुलिदै गएको छ। यसैबिच कांग्रेसीहरुको बुई चढेर संघको प्रवक्तामा मनोतित भएका खनालको अभिव्यक्तिले झन् पोर्चुगलमा रहेका कांग्रेसीहरुको मनोभावना उदाङ्गो भएको छ।

नेपाली जनसम्पर्क समिति स्थापना कालदेखि नै संघमा आफ्नो प्रभुत्व जमाउदै आएको छ। हरेक २ -२ बर्षमा हुने संघको निर्वाचनमा आफ्नो शक्ति प्रदर्शन गर्दै जनसम्पर्क समितिले अलेन्तेजो र अल्गार्भ क्षेत्रमा बुथ नै क्याप्चर गरेर आफ्ना प्यानलका उम्मेदवारहरुलाई एकछापे मत खसाल्दै आएको तथ्य पोर्चुगलवासी नेपालीहरुमाझ छुपेको छैन।

ब्यापक धाँधली र अनियमितताका कारण पोर्चुगलको चार क्षेत्रहरुमध्ये ३ क्षेत्रमा निर्वाचन हुन सकेको छैन। यसैबिच असन्तुष्ट पक्षले संघ नसच्चिए समानान्तर एनआरएनए गठन गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार