लिस्वन ।
गैर आवासिय नेपाली संघ पोर्चुगलको आधिकारिक फेसबुक पेजबाट गएराति २ बजेर ५९ मिनेट जादा ” आज हुने भनिएको निर्वाचन रद्ध ” भनिएको सूचना गलत भएको निर्वाचन समितिले जनाएको छ। समितिले भन्यो , ” एनआरएनए पोर्चुगलको निर्वाचन रद्ध भन्ने सूचना गलत हो, मतदान आजै हुन्छ, आफ्नो मताधिकार प्रयोग गर्नुहोला। ”
अहिले संघको आधिकारिक फेसबुक पेजबाट उक्त सूचना हटाईएको छ। त्यो सूचना किन र कसले प्रकाशित गर्यो भन्ने बारेमा संघले केही खुलाएको छैन।
श्रोतका अनुसार संघभित्रै निर्बाचन समितिलाई असफल बनाउन केही व्यक्तिहरु लागिपरेको बुझिएको छ।
यसअघि पटक पटक स्थगित हुँदै आएको अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रको निर्बाचन अहिले बिहान १० बजेबाट एकसाथ अनलाइन प्रणाली मार्फत सुरु हुने जनाएको छ ।
समितिले कोही पनि निर्बाचनबाट टाढा नरहन आग्रह गर्दै ‘अनलाइ भोटिङ’ लाई सफल बनाउन अपिल गरेको छ ।
संघको निर्वाचनलाई लिएर पछिल्लो समय निर्वाचन समिति, उम्मेदवार र संघबिच नै टकराव बढेको छ।