हेमबर्ग।
अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् ।
उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी आएका थिए ।
सआदतले दिएको जानकारी अनुसार उनले अघिल्लो वर्ष मात्रै सूचनामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
उनका र राष्ट्रपति अशरफ गनीबीच थुप्रै विषयमा मतभेद थिए । राजीनामा दिएर उनी केही समय देशमा नै बसे र डिसेम्बरमा जर्मनी गए ।
सुरुमा सबैकुरा राम्रै रह्यो तर पैसाको कमी हुन थालेपछि उनले पिज्जा डेलिभरी बोय बन्ने निश्चित गरे ।
डेलिभरीको काम गर्नमा आफूलाई कुनै किसिमको लज्जा र संकोच नभएको बताएका छन् ।
وزير الاتصالات والتكنولوجيا الأفغاني السابق سيد أحمد سادات يلجأ لمهنة توصيل طلبات الطعام على متن دراجة هوائية في مدينة لايبزيغ الألمانية التي وصلها نهاية عام 2020، بعد تخليه عن منصبه pic.twitter.com/zfFERbqCmD
— قناة الجزيرة (@AJArabic) August 24, 2021