लिस्बन।
अफगानिस्तानको राजधानी काबुलबाट ४ पोर्तुगाली सैनिक सहित २४ अफगानी नागरिकको उद्धार गरिएको छ।
पोर्तुगाली सेनाको बिशेष विमानमा काबुलबाट उनीहरुको उद्धार गरिएको हो।
उद्धार गरिएका उनीहरु शुक्रवार बेलुकी लिस्बन आइपुगेका छन्। उनीहरुलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसा र रक्षामन्त्री जॉओ गोमेस क्रेविन्होले लिस्बनको फिगो मदुरो एयरपोर्टमा स्वागत गरेका थिए।
उद्धार गरिएका २४ अफगानी नागरिकहरुमध्ये केही बालबालिका समेत रहेको बताईएको छ।
अफगानिस्तान तालिबानहरुले कब्जामा लिएपछि पोर्चुगल सरकारले अफगानी शरणार्थीहरुलाई खुल्ला हृदयले स्वागत गर्ने जनाएको छ।