टंक खडका/पोर्चुगल
कुनै पनि धर्म ग्रन्थले हामीलाई बैचारीक सिद्दान्तबारे केहि बताउदैन र मुक्ति पनि पाइदैन त्यसैले मार्क्सवादी चेतनाले दिमागलाई सश्स्त्रीकरण गरेर वर्ग संघर्षबाट मुक्ति संभब छ। समाजबाद लागु भएका देशहरुमा सिद्दान्त र ब्यबहारमा महिला मुक्ति भएको थियो यद्दपि पितृसत्ता र पुजीबादी नारीबादीहरुले आलोचना गरे पनि कुन देशमा समाजबाद आउदा महिला मुक्ति भएन चर्चा गरौ ।
समाजबाद मात्रै यस्तो सिद्दान्त हो जसले महिलाहरुलाई पुरुष समानको अधिकारको घोषणा गरेको छ । मार्क्स लेनिन र माओले भनेका छन् महिला र पुरुषमा लैंगिक अन्तर बाहेक अरु कुनै पनि भिन्नता छैन ।श्रम , बुद्दि , क्षमता , चेतना समान छ । सत्ता र सम्पतिमा बराबर स्वामित्वको बहस चलाए । उनीहरुले नै असमान बिबेद र शोषणको अन्त्य गरे । महिलाहरुलाई पुरुष सरह बैचारिक , राजनैतिक , आर्थिक भूमिकामा पुरुष सरह अवसर प्रदान गरे ।
महिला भनेको दासयुग देखि आजको उत्तर साम्राज्यबादी युगसम्म दोहोरो शोषणमा बाँचेको मानव जाति हो र उत्पिडीत छ । महिलाले दुई खालका उत्पीडन सहनु परेको छ एउटा पुरुष आधिपत्य अर्को राज्य सत्ताबाट । यी खालका उत्पीडनबाट मुक्ति पाउन हरेक महिलाले मालेमाबाद पढ्न जरुरी छ र पढौ पनि ।
सच्चा समाजबादी कम्युनिष्ट नै हुन् महिलालाई बजारमा किनबेच गर्ने पुजीबादी बस्तुबाट मुक्त गरी मानव समाजमा अभिन्न अंगका रुपमा रुपान्तरण गर्न चाहने । समाजवादले नै एउटा नयाँ कम्युनिष्ट संस्कार भएको नयाँ पुरुष पिंढीको रुपान्तरण गर्छ र गरेको थियो।आफ्नो जीवनकालभरी कहिल्यै पनि कुनै महिलाको देहलाई पैसा तिरेर उपभोग नगरोस , एउटा महिलाले सच्चा प्रेमबाहेक अरु कुनै पनि कारणले परपुरुषहरुका सामु आत्म-समर्पण गर्न विवश नहुन यी र यस्तै बिषयमा खै पुजिबादीहरुले कलम र बहस चलाएको ?
सोभियत संघ/रशिया
महिलाहरुको सहभागिता बिना समाजबाद असम्भब छ -लेनिन
यो भनाइको मर्म र सान्दर्भिकता आज पनि महत्वपुर्ण छ किनकि संघर्षबाट मुक्ति पाउन अधिकार र मुक्ति मागेर पाइदैन। संघर्ष , बलिदानबाट मुक्ति प्राप्त हुन्छ भन्दै संघर्ष गर्न सिकायो।समाजबादी ब्यबस्थामा महिला मुक्ति हुन्छ । समानता स्वतन्त्रता र जीवनयापनमा परिवर्तन नै भयो।पितृ सत्ता र पुजिबादको दोहोरो उत्पीडनमा परेका महिलाहरुलाई समाजबाद आउनासाथ मुक्ति दिलायो।समाजवादले पितृ सत्ता र पुजिबाद ढाल्यो।
महिला मुक्तिको ग्यारेन्टी गर्यो। बिशेष गरी सन् १९१७ मा दुई वटा आदेश जारी गरेर – परिवार र बाल बच्च्चामाथि पुरुषको अधीनता अबैध घोषणा गर्यो,
महिलालाई आर्थिक र सामाजिक स्वत्रन्ताको पूर्ण अधिकार प्रदान भयो ।स्वतन्त्र बिबाह , पारपाचुके र गर्भपतन जस्ता कानुन बनेर लागु भए
लगायतका महिला मुक्तिको व्याबहारिक तथ्य हुँदा-हुँदै पनि केहि आलोचकहरुको आलोचना यसप्रकार छ –
-क्रान्तिपछि आयमुलक काममा दौडधुप गर्नुपर्ने ।
सन् १९२५ को एउटा रिपोर्ट अनुसार कुल १०० जना महिलामा ३ जना महिला बच्चाको स्याहार सुसार र पालन पोषण घरबाहिर भयो र बाँकी ९७ जना बालबलिका घर भित्रै आमाद्वारा पालित पोषित भए।-सन् १९३२ मा एउटा सम्मेलन बाट गर्भपतन निषेध छ र गर्भाधानका लागि बाध्य पार्यो । सन् १९३६ मा समाजबादी राज्यले आफ्नो कर्तब्य पुरा गर्न सकेन ।पहिलो गर्भलाई गर्भपतन गराउन नपाउने ब्यबस्था स्टालिनले ल्याएको हो भन्दै आलोचना गर्छन ।
सन् १९४४ मा गर्भपतन पूर्ण निषेध, कानुनमा गर्ने गराउनेलाई जेल सजाय यी आलोचनाका निम्ती प्रतिपादन गर्नेको हातमा नेतृत्व हुँदासम्म थिएन ।
सोभियत संघ समाजबादबाट संशोधनबाद हाबी भएपछी देखा परे । मात्र के भन्न सकिन्छ भने समाजबादीहरुको हातमा सत्ता भएसम्म महिला मुक्ति भएको थियो पछि भएका कानुन परिवर्तनको पहिलेको मिति राखेर आलोचना गर्नुमा कुनै तर्क देखिदैन।
म केवल भन्न चाहन्छु मार्क्सबादबाट शब्द सापटी लगेर समाजबादीलाई आरोपित नगरौ । मार्क्सले महिला मुक्तिको वकालत गर्नुभन्दा पहिला कुन पुजिबादले गरेको छ महिला मुक्तिको बारेमा वकालत , सेमिनार र सम्मेलन ?
क्युवा
क्युवा लैंगिक समानताको ग्यारेन्टी भएको देश हो। क्युवाको संबिधानको धारा ४४ मा पुरुष र महिलाले समान आर्थिक , राजनैतिक , सामाजिक , सास्कृतिक र पारिवारीक अधिकारको उपभोग गर्न पाउनेछन भनेर उल्लेख छ। सन् १९३६मा समान कामका लागि समान ज्यालाको ब्यबस्था क्युवाको समाजबादी संबिधानले गर्यो।अरु थुप्रै कानुन र अधिकारहरु छन् ।श्रम गर्ने महिलालाई रिटार्यमेन्ट भत्ता , श्रीमानको मृत्युमा पेन्सनको व्यवस्था ,मातृत्व सम्बन्धि नीतिले महिलालाई १२ हप्तासम्म PAID MATERNIST LEAVE र सिंगल महिलाको हकमा स्थायी PAID को ब्यबस्था । जोडी छुट्टिए बच्चाको लालनपालनको लागि बुवाले आर्थिक सहयोगको ग्यारेन्टी ।
सन् १९३७ मा कम्पनीले PAID MATERNIST LEAVE बाट बच्न महिलाहरुलाई कामबाट हटाउन नपाउने नियम पारित गर्यो ।समाजबादीहरुको प्रगतिशील नियम र कानुनलाई पुजिबादीहरुले लोक कल्याणकारी राज्यको अवधारणा दिदै अपनाउन थाले र हामि अधिकार दिन्छौ र समाजबादीहरुले भ्रम मात्र दिन्छन भन्दै आलोचना गर्न थाले।आर्थिक आत्मनिर्भरता भएन। घरेलु हिँसा पिडीतहरुको सुरक्षाको कानुन भएन । समाजमा महिलाहरुले भोग्ने विभेद र दुर्ब्यबहार समाधान गर्ने कानुनि प्राबधान भएन भनेर यसमा म यति मात्र भन्न सक्छु साउनमा अन्धो भएको गोरुले चैतमा पनि हरियो घाँस नाखोजोस कसरी ? पितृ सत्तापछी पुजीबादी सत्ताले गरेको अमानबिय विभेदमा नजर जाओस ।
चीन
कानुनत महिला र पुरुष समान अधिकारको कुरा छ। कामरेड माओको नेतृत्वमा नया जनबादी क्रान्ती र सांस्कृतिक क्रान्तीको कालाखंडमा महिला मुक्ती ब्यबहारत् भएको थियो । चीनमा माओबाद नै महिला मुक्तिको बाहक बनेको थियो । अहिलेको चीन जहाँ छ महिला स्वतन्त्राको र मुक्तिको हिसाबले माओ र समाजवादको देन हो ।
महिलाको आधा आकाशमुनि पकड छ -माओ
सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्तीको कालखण्डमा कसले भन्नसक्छ महिला मुक्ति भएन भनेर यद्दपी पछि आएका उत्तराधिकारीहरू समाजबादी थिएनन् र महिलामुक्ति पनी प्राप्तिबाट गुम्दै गयो।यसै सन्दर्भमा नेपालमा कम्युनिष्टहरुको दुई तिहाईको सरकार हुँदा समेत महिला मुक्ति खै ?
बि स २०५२ सालमा महिला मुक्तिको सपना देखाई १० बर्षे जनयुद्दको उदघोष भयो। केहि थान महिलाहरु रास्ट्रपति , प्रधान न्यायाधिश, सभामुख ,मंत्री ,सांसद बने। जनयुद्दको मुक्ति र संघर्षको यात्रामा यद्दपि हालका उच्च ओहोदामा पुग्ने महिला हिजो माओबादी जनयुद्दमा थिएनन् ।
नेपालमा ७० बर्षको ईतिहास हेर्दा आन्दोलन,सत्ता,प्रतिपक्षमा कम्युनिष्ट छन् तर महिला मुक्ति किन हुन् सकेन ?नेपालमा महिला मुक्तिका लागि युद्द हुँदा नेकपा एमाले नामको एउटा संशोधन्बादी पार्टी प्रतिपक्षमा थियो।उसका केहि थान महिला सांसद र मंत्री पनि थिए तर शाही सेनाको दमनमा कुनै बिरोध जनाउन सकेन । बिडम्बना भनौ ।
जनयुद्दका अपरिचित मैना र परिचित मैना सुनुवार देखि निर्मला , भागरथी सम्म बलात्कार, हत्याको शिकार बन्न पर्यो। यो बेला झनै रास्ट्र प्रमुख देखि लिएर गाउँका उप प्रमुख सम्म महिला छन। मुक्ति किन छैन ?
मेरो माग छ – मुक्ति हामी संघर्षबाट लिन्छौ, राज्यको दायित्व सुरक्षा गर्ने हो, सुरक्षा मात्र दे ।
बिष्णु बराल, सबिता भण्डारी ,जस्ता थुप्रै नारी दाइजोको पासोमा झुण्डीन्छन। सुजिता ठाकुरको लाश सेफ्टी ट्यांकीमा भेटिन्छ। जंगलमा सुरक्षित हुने राउटे नारी समाजबाद उन्मुख संबिधान भएको देश नेपालमा किन सहरिया युवाबाट यौन हिँसा भोग्न विवश छिन ?
देशभित्र हरक्षण-क्षणमा असुरक्षित महशुस गरी आय-आर्जन संगै शान्तिको बसाइ रोज्ने ४० बर्ष मुनिका महिलालाई अध्यागमनले वडाको अनुमति लिनुपर्ने माग गर्छ तर बलात्कारीको लिङ्ग छेदन गर्ने कानुनको माग किन गर्न सक्दैन ? जो कम्युनिष्ट थिए महिला मुक्तिको दर्शन पढाउथे। संसदको सभामुख बन्छन। यौन हिंसाका आरोपी बन्न पुग्छन । जेल जान्छन र कम्युनिष्ट आदर्श , नैतिकता जोगाउन सक्दैनन ।
हो सत्य कम्युनिष्ट बर्ग र क्रान्ती मुक्ति संघर्षमा निष्ठावान हुन्छन , सच्चा कम्युनिष्ट को हो ? चिन्ने कोशिश गरौ। कम्युनिष्ट र समाजवादले महिला मुक्ति दिन सकेन भनेर भ्रमित नहौ, नगरौ।
निष्कर्ष
आँपको फलको आश गर्ने तर स्याउको बिरुवा रोप्ने नगरौ।हामीलाई महिला मुक्ति चाहिएको छ सच्चा मालेमाबादी बनौ। संघर्षशील बनौ।
सच्चा समाजबादीसंग सहकार्य गरौ। मुक्तिको आशा सपना समजाबादसंग छ ,बिश्वास गरौ ।हुनसक्छ पेरिस कम्युनको असफलता पछि सोभियत संघको पतन र बिघठन पछि ,चिनिया प्रति क्रान्तीपछि , नेपालको जनयुद्दको बिसर्जन पछि महिलाले पाएको मुक्ति पनि कम्युनिष्ट र समाजवादीका कारणले गुमेका होईन। समाजवादका कार्यान्वयनकर्ता लेनिनको सन् १९२४ मा मृत्यु पछि कम्युनिष्ठहरु बिचलित भए , सुधारबादी , संशोधन्बादी भए अनि समाजवादले महिला मुक्ति गर्न सक्दैन भनेर भन्ने आलोचकहरु सक्रिय भए। आलोचकहरु आज जुन स्थानमा बसेर समाजवादले महिला मुक्ति सम्भब छैन भन्दैछन त्यो ज्ञानको भण्डार मार्क्सबादबाटै र समाजबादबाटै सापटी लिएर आलोचना गर्ने गरेका छन्।
हामी असली मुक्तिदाताहरु नक्कली मुक्तिदाताहरुबाट होसियार हौ। यो पुजिबाद र दलाल संसदीय ब्यबस्थाबाट महिला मुक्ति सम्भब छैन।
आफ्नो मुक्तिका लागि बैज्ञानिक समाजबादी व्यवस्थालाई अपनाऔ , बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन सहकार्य गरौ।
महिला मुक्ति सम्भब छ त् केवल बैज्ञानिक समाजबादी ब्यबस्थामा ।।
(लेखक नेपाली जन प्रगतिशील मोर्चा पोर्चुगलका उपाध्यक्ष हुन् ।)