लिस्बन।
म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) पोर्चुगलले आइतवार सातौ अधिनेशन सम्पन गरेको छ। मोना पोर्चुगलले कोरोना कहरका कारण अघिला बर्षहरुमा झैँ भब्य कार्यक्रम नगरी यो बर्ष स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै मार्किस पोम्बालको खुल्ला पार्कमा गरेको हो।
संघको साताैँ अधिवेशनले २०२१-२०२३का लागि रविन पुनलाई अघ्यक्षमा सर्वसम्मत चयन गरेको छ। पुनकै अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति समेत निर्बिरोध चयन भएको मोनाले जनाएको छ।
मोना पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा सविन शाहि, उपाध्यक्षहरुमा नर फगामी, नारायण तिलिजा, माेहन राना र महिला उपाध्यक्षमा देवी गर्वुजा चयन भएकी छिन्।
त्यस्तै महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, काेषाध्यक्षमा राजिन भण्डारी, सह-काेषाध्यक्षमा रविन पाईजा चयन भएका छन्।
खेलकुद संयाेजकमा किसान श्रेष्ठ, युवासंयाेजकमा विकास सुबेदी, साँस्कृतिक संयाेजकमा एलिजा राम्जाली रहेका छन्।
त्यस्तै मोना पोर्चुगलको सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिबस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथाेकी, उमेस छन्त्याल, सुवास मल्ल, इन्द्र केसि, देविन तिलिजा, दिपक गुरुङ र राजेन्द्र सापकाेटा चयन भएका छन्।
संघको संरक्षकमा धन थापा , महिला संरक्षकमा दुर्गा पाइजा र सल्लाहकारमा लक्षुन राेका र रविन थापा रहेका छन्।
मोनाले म्याग्दीको बिकास र विपदको समयमा सहयोग गर्दै आएको छ।