पोर्चुगलको नेपाली समुदायमा कोरोना संक्रमण बढ्दो, ६ जना नेपाली एक महिनादेखि अस्पतालमा, ४ को आइसियुमा उपचार हुदै !

लिस्बन।

पोर्चुगल सरकारले लकडाउन हटाएर चरणबद्ध रुपमा जनजीवन सामान्य बनाउने प्रयास गरेसँगै मानिसहरुको चहलपहल निकै बढेको छ। ब्यापार व्यवसायहरु पनि बिस्तारै पुरानै गतिमा फर्किदैछन्।

नेपाली समुदायमा पनि भेटघाट, जमघट, भोज पार्टीहरु निरन्तर बढ्दै गएपछि समुदायमा संक्रमण पनि फैलिदो छ। धेरै जसो जनसंख्याले कोरोनाको खोप लगाईसकेको भएतापनि संक्रमण भने रोकिएको छैन। जनजीवन सामान्य बन्दै गएपछि र कोरोना बिरुद्धको खोप लगाईसकेकोले मानिसहरुमा कोरोनाको डर र त्रास निकै कम भएको छ, अर्कातिर समुदायमा डेल्टा भेरीयन्ट को संक्रमण बढेको छ।

पछिल्लो जानकारी अनुसार लिस्बनको विभिन्न अस्पतालमा मात्रै ६ जना कोरोना संक्रमित नेपालीहरुको नियमित उपचार भईरहेको छ। उनीहरुमध्ये ४ जना अझै अचेत अवस्थामा रहेकोले उनीहरुको उपचार आइसियुमा भईरहेको छ। सरकारले संक्रमितको व्यक्तिगत तथ्यांक सार्वजनिक नगर्ने भएकोले यो संख्या अझै धेरै हुनसक्ने अनुमान गरिन्छ।

डेढ महिनादेखि अस्पतालको बेडमा रहेका एक नेपालीले भोइस अफ नेपालसंग कुराकानी गर्दै भने, ” म काममा थिए। अचानक दाउको दुख्यो र म ढले। घटनाको एक दिन अगाडी मात्रै म साथीभाईहरुसंग एउटा जमघटमा रमाएको थिए। म काममै ढलेपछि के भयो, मलाई थाहा भएन। एकैपटक ४ सातापछि मलाई होस् आउदा मलाई थाहा भयो कि म अस्पतालमा रहेछु र कोरोना संक्रमणले मलाई गलाएको रहेछ। अहिले मलाई होस् आएको पनि दुई साता भैसक्यो, तर डाक्टरहरुले भनेका छन् कि मलाई सामान्य हुन अझै ३-४ हप्ता अस्पतालमै उपचार गरिनेछ। चिकित्सकहरुको अथक प्रयासले मैले नयाँ जीवन पाए। ”

पोर्चुगलमा आज मात्रै १०७२ जना कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको ज्यान गएको छ। हिजो मात्रै १ हजार ७८२ जना संक्रमित थपिएका थिए भने कोरोना संक्रमणकै कारण १० जनाको ज्यान गएको थियो ।

संक्रमितहरुमध्ये ७०२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, जसमध्ये १४९ जनाको आइसियु रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार