पोर्तुगाली सिने स्टार पेद्रोको निधन !

लिस्बन।

पोर्तुगाली सिने स्टार पेद्रो एफेको ७८ बर्षको उमेरमा निधन भएको छ।

उनी पोर्चुगिज सिनेमा एकेडेमी को एक मानार्थ सदस्य पनि थिए।

पेद्रोले ७० को दशकदेखि पोर्तुगाली सिनेमा काम गर्दै आएका थिए।

उनले कलाकार भएर मात्रै काम गरेनन्, सिनेमा उद्योगका हरेक विधाहरुमा आफ्नो निपुर्णता देखाए।

पेद्रोका काम गरेका Tóbis Portuguesa (2010), Operation Autumn (2012) र O Lugar do Morto (1984) सबैभन्दा प्रसिद्द हुन्।

सिनेमा उद्योगको फोटोग्राफी, भिडियोग्राफी, प्रोडक्शन, कलाकर, अपरेटर, निर्देशक, प्रोड्युसर आदि सबै विधामा काम गरेका थिए।

स्वर्गीय पेद्रोको अन्तिम श्रद्दान्जली सेप्टेम्बर २ तारिख गरिने पोर्तुगाली सिनेमा एकेडेमीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार