लिस्बन ।
नेपाली नारी समाज पोर्चुगलले पछिल्ला बर्षहरु झैँ यसवर्ष पनि तीज मनाएको छ ।
शनिबार लिस्बनको मार्टिममुनिजमा दिदीबहिनीहरुलाई दर खुवाउँदै, नाच्दै गाउँदै समाजले तीज मनाएको हो ।
कार्यक्रम ७५ बर्षिय इन्दिरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्न पाउँदा खुशी लागेको बताउनुभयो ।प्रवासमा पनि नेपाली चेलीहरु एक भएर आफ्ना संस्कृति जगेर्ना गर्ने कार्यक्रम गरेकोमा नेपाली नारी समाजलाई धन्यवाद दिदै उहाँले तिजको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।
औपचारिक कार्यक्रम समाजकी अध्यक्ष ज्योत्स्ना अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव पुनम गौतमले संचालन गर्नुभएको थियो ।नारी समाजले यसवर्ष कार्यक्रममा आएका सम्पूर्ण दिदिबहिनीहरुलाइ दर समेत खुवाएको थियो ।
परदेशी भूमिमा कार्य व्यस्तताका बावजुद पनि तीजको गीत संगीतको रमझमसंगै सांगितिक माहोलमा रातो कपडाले झकिझकाउ सझिएका दिदीबहिनीहरुले नृत्य मार्फत भरपुर मनोरञ्जन गरेका थिए । सो समयमा लिस्बनको माहोल साँझ मिनी नेपालमा परिणत भएको महसुस भएको थियो ।
साँस्कृतिक समयमा चलेको कार्यक्रममा सहभागी दिदिबहिनीहरुले यसवर्ष कोठा भित्रै गरिएकै कार्यक्रम भएता पनि सबैजना खुशी हुँदै कार्यक्रम आयोजकलाई धन्यवाद दिएका थिए ।
फोटो : फोटोदृष्टि