काठमाडौं ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । २५ औँ वार्षिक साधारणसभा तथा १२ औँ केन्द्रीय अधिवेशनबाट वन्त अध्यक्षमा चुनिएका हुन् ।
त्यसैगरी महिला उपाध्यक्षना चन्द्रकला थापा (भगवती), वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महासचिवमा नवराज श्रेष्ठ चुनिएका छन् ।सचिवमा मुकुन्द कालिकोटे र कोषाध्यक्ष सागर श्रेष्ठ रहेका छन् ।
समूहको सदस्यहरूमा हरिश सिंह नगाल, घनश्याम श्रेष्ठ, तेज बहादुर बस्नेत,आर्यन धिमाल,शिला तिमील्सिना, प्रबिण कुलुङ राई र रमिता छुँजु रहेका छन् ।
केन्द्रीय अध्यक्षमा चुनिएका वन्तले फोटो पत्रकारहरूको हकहितमा दत्तचित्त भएर काम गर्ने बताए ।