पुष्पराज जोशी/लेकुडा, डडेल्धुरा
जे भो, गोप्य राख्नुस्, नजर संसारको नलागोस्
हौसलाले बाँचेको हूँ म ,बात चमत्कारको नलागोस् ।
बारम्बार जहर पिएको म, मलाई जिउँदै देख्दा
विचरा..! जहरलाई मुद्दा,भ्रष्टाचारको नलागोस् ।।
प्यार लिई नआऊ,चढ्दो जवानीमा गल्ति भैसक्यो
चाहन्न,फेरि पनि त्यै लत , १७/ १८ को नलागोस्।
दुवै जनाको सहमतिमा छुट्टिने निर्णय लिएकाछौँ
कृपया हाम्रो पिरतीमा छाप, गद्दारीको नलागोस् ।।
पढ भनि सम्झाउँदा छोरो रिसाउँछ,अनि बा ले भने
छोरा म यत्ति चाहन्छु,तेरो भिसा परदेशको नलागोस्।