पुष्पराज जोशी / लेकुडा, डडेल्धुरा
सयौं कोसिस गर मलाई रुवाउने
हजारौं कारण निकाल्ने छु मुस्कुराउने
सक्छौ मेरो ढाडबाट नै काटिदेउ
म रुख हुं फेरि फेदैबाट पलाउने छु
सक्छौ मेरो ढाडबाट नै काटिदेउ
म रुख हुं फेरि फेदैबाट पलाउने छु
फोहोर नै सम्झेर फालिदेउ गटरमा मलाई
त्यै हिलोको कमल बनी मगमगाउने छु !!
जति सक्नुहुन्छ घृणा गर्नु सराप्नु महोदय
घृणामा पनि प्रेमको फल फलाउने छु !!