अल्गार्भ।
पोर्चुगलको पर्यटकीय शहर अल्बुफ़ेइरामा भीरबाट खसेर एकको मृत्यु भएको छ।
अल्बुफ़ेइराको प्राया दोस तोमातेसमा भीरबाट हिजो बिहिवार एक बेलायती नागरिक खसेका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको समुन्द्री सुरक्षा अधिकारीहरुले बताएका छन्।
भीरबाट हिजो खसेका ७० बर्षीय बेलायती नागरिकको बारेमा जानकारी सुरक्षा अधिकारिहरुलाई आज बिहान मात्रै भएको थियो। सूचना पाउनेबित्तिक्कै घटनास्थल पुगेका स्वास्थ्य अधिकारी सहितको सुरक्षा अधिकारीको टोलीले उनको घटनास्थलमा उपचार गर्दागर्दै मृत घोषणा गरेका थिए।