पोर्चुगलमा एक बर्षमै एक हजार ११ बालबालिका हराए !

लिस्बन।

पोर्चुगलमा हराउने बालबालिकाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। सरकारी तथ्यांक अनुसार गत बर्ष सन् २०२० मा मात्रै एक हजार ११ बालबालिक हराएको तथ्यांक छ।

यसरी बर्षेनी हराउने बालबालिकको संख्या १५०० सय भन्दा बढी छ। प्रहरी श्रोतका अनुसार बर्षेनी हराउने बालबालिकाको संख्या निकै उच्च भएतापनि अधिकांस हराएका बालबालिका सुरक्षा अधिकारीहरुको सहयोगमा तुरुन्तै पत्ता लाग्ने गरेको छ। उसका अनुसार युरोपमा हरेक दुई मिनेटमा एकजना बालबालिका हराएको सूचना प्रहरीलाई आउने गर्दछ।

पोर्चुगलमा मानव तस्करीको संख्या समेत उच्च भएकोले बालबालिका हराएको तथ्यांक उच्च भएको प्रहरीको दावी छ।

विभिन्न कारणले बालबालिकाले बिना सूचना घर छोडेर बाहिर जाने र उनीहरुका अभिभावकहरुले हराएको सूचना प्रहरीलाई गर्ने भएकोले पनि यो संख्या उच्च भएको हो। प्रहरी भन्छ , ” बिना सूचना घर छोडेर लामो समय बाहिर बस्नेको संख्याको कारण वास्तवमै हराउनेहरुको उद्धारमा समेत कठिनाई भएको छ। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार