पोर्चुगलमा ‘कोभिडबाट रिकभर’ हुनेहरुले दोश्रो डोज खोप लगाउनसक्ने !

लिस्बन।

पोर्चुगल सरकारले ‘कोभिडबाट रिकभर’ हुनेहरुका लागि खोप नियम परिवर्तन गरेको छ।

पोर्चुगलमा ‘कोभिडबाट रिकभर’ हुनेहरुका लागि यसघि एक डोज खोप मात्रै लगाएर पूर्ण डोज भनिएको थियो। अन्तरास्ट्रिय हवाई यात्राका लागि बेलायत र क्यानाडा लगायत विश्वका कयौ देशहरुले कोभिडको एक डोजलाई मात्रै मान्यता नदिएपछि स्वास्थ्य महानिर्देशनालयले नियम परिवर्तन गर्दै ‘कोभिडबाट रिकभर’ हुनेहरुले दोश्रो डोज खोप लगाउनसक्ने जनाएको हो।

कोरोना खोपको दुई डोज खोप नलगाएकाहरुले अन्तराष्ट्रिय हवाई यात्रा गर्दा कोभिड नेगेटिभ टेष्ट नतिजा सहित क्वारेण्टिन बस्नुपर्ने बाध्यकारी नियम छ। तर खोपको दुई डोज ( पूर्ण मात्रा ) लगाएकाहरुका लागि यो नियम बाध्यकारी छैन।

स्वास्थ्य महानिर्देशनालयले भनेको छ , ” ‘कोभिडबाट रिकभर’ भएकाहरुले दोश्रो डोज खोप लगाउनसक्ने नियम नागरिक स्वास्थ्य वा उनीहरुको रोग प्रतिरोधात्मक क्षमतासँग कुनै पनि सम्बन्ध छैन, तर अन्तराष्ट्रिय यात्रामा अन्य मुलुकहरुले गरेको बाध्यकारी र झन्झटिलो नियमबाट मुक्त हुन नागरिकहरुले आफ्नो ईच्छा अनुसार दोश्रो डोज खोप लगाउन सक्नेछन।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार