लिस्बन।
पोर्चुगलमा फार्मासिस्टहरुले २० बर्षपछि पहिलोपटक हड्तालको आव्हान गरेका छन्। स्वास्थ्य क्षेत्रमा फार्मासिस्टहरुले २० बर्षपछि आव्हान गरेको हड्ताल २८ अक्टोबर देखि २ नोभेम्वरसम्म ६ दिन रहनेछ।
सरकारले एसएनएससँग आबद्ध भएका फार्मासिस्टहरुका मागहरु निरन्तर बेवास्ता गर्दै आएकोले २० बर्षपछि गरिएको यो हड्ताल “अन्तिम उपाय” को रूपमा रहेको जनाएका छन्।
राष्ट्रिय फार्मासिस्ट युनियन (एसएनएफ) का अध्यक्ष हेनरिक रेगुएन्गोले भने, ” फार्मासिस्टहरुको धैर्यताको सिमा नाघ्यो, त्यसैले हड्ताल गर्नुपरेको हो। हामीलाई आशा छ कि यो हड्तालले फार्मेसी क्षेत्रको मागहरु सम्बोधन गर्नेछ। ”
उनीहरुले तालिम तथा आवास भवन , टेन्डरद्वारा कार्य सम्पादन, फार्मासिस्टहरुको शैक्षिक र व्यावसायिक योग्यताको आधारमा समीक्षा र अपडेट गर्न तथा तलब वृद्धि आदि माग राखेका छन्।