सन् २०२५ मा न्युनतम तलब ८५० युरो पुर्याईनेछ : पोर्तुगाली प्रधानमन्त्री कोस्ता

लिस्बन।

पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सन् २०२५ सम्म न्युनतम तलब ८५० युरो पुर्याईने बताउनुभएको छ।

प्रधानमन्त्री कोस्ताले आगामी बर्ष समेत न्युनतम तलब बढाउने बताउनुभएतापनि तलब कतिले बढ्ने भन्ने बारे खुलस्त गर्नुभएन। तर विज्ञहरुका अनुसार यो बर्ष पनि तलबमा कम्तिमा ३५ युरोले वृद्धि हुने बिश्वास गरिएको छ।

पोर्तुगाली समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री कोस्ताले तलब वृद्धिबारे पिएस नेशनल पोलिटिकल कमिशनको उद्घाटन समारोहमा बताउनुभएको हो।

पोर्चुगलमा श्रमिकको न्युनतम तलब युरोपेली युनियनको अभिशरण अनुसार कायम गर्न निरन्तर वृद्धि गरिने बताउनुभएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार