लिस्बन।
पोर्चुगलबाट गीता मास्के र फुर्बान रायमाझीको गीति फिल्म ‘ मुटु ‘ सार्वजनिक भएको छ। गीताले उक्त गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीता पोर्चुगलमा रहेकी टिकटक स्टार पनि हुन्। टिकटकमा उनका २१ हजारभन्दा बढी फलोअर छन्। उनि आफ्नो टिकटकमा प्रेम र जीवनसँग सम्बन्धित भावनाहरु देखाउने गर्छिन्।
फुर्बान रायमाझी लेखक तथा संचारकर्मी हुन्। उनि बैदेशिक रोजगारीको सिलसिलामा बिगत लामो समयदेखि पोर्चुगलमा रहेका छन्। जीवन र भोगाइका उनका लेखहरुले परदेशमा बस्ने हरेक नेपालीको मनमुटु छुने गरेको छ।
‘ मुटु’ मा साँचो प्रेम अमर हुन्छ भन्ने आशय ब्यक्त गर्न खोजिएको छ । फुर्बानले बझ्ने ” मानब जातिको मृत्युपछिको अबस्था बहस गर्नु ब्यर्थ छ झै लाग्छ अनि भूतप्रेत हुन्छ\हुन्न भन्ने बिषयमा पनि बहस गर्नु भिडियोको बिषय होइन ।”
गीताले अगाडी थपिन् , ” यो हाम्रो सृजना साँचो प्रेम गर्नेहरुप्रति समर्पित गरेका छौं।पबित्र प्रेमको न अन्त्य हुन्छ न पराजय नै हुन्छ। आत्महत्या समाधान होइन र बदलाले खुशी मिल्दैन। तसर्थ यो सुन्दर संसारमा तपाईलाई पनि प्रेममय जिन्दगीको शुभकामना !”
पोर्चुगललाई आफ्नो कर्मथलो बनाएका कलाकार, संगीतकार, गीतकार र गायक उक्त गीतमा अटेका छन्। उक्त गित तेज गाहामगरले लेखेका हुन् भने स्वर पनि तेज र अंकिता मगरको रहेको छ। त्यस्तै संगीत दुर्गा थापाले भरेका छन्।
उक्त गीतमा फुर्बान रायमाझी , गीता मास्के , कुमार घलान र बिष्णु कार्कीको अभिनय रहेको छ। भी गुरुङले गीतको पोष्टर डिजाईन गरेका छन्।
उक्त गीतको अन्त्यमा सुटिंग गर्दाको रोचक दृश्यहरु समेत समाबेश गरिएको छ।