पोर्चुगल कोरोना महामारीको पाँचौं लहरको चपेटामा !

सबिन धिताल, लिस्बन।

पोर्चुगल कोरोना महामारीको पाँचौं लहरको चपेटामा परेको स्थानीय समाचार माध्यमहरुले जनाएका छन्। आज दिनभरी देशका टेलिभिजन र रेडियो स्टेशनहरुमा मुख्य बहसको बिषय नै कोरोना महामारीको पाँचौ लहर र कसरि बच्ने भन्ने बारे रहेको छ। बिशेष गरि दक्षिणी पर्यटकीय क्षेत्र अल्गार्भमा संक्रमणको दर उच्च देखिएको छ।

“हामीले चार प्रमुख महामारी चरणहरू पाएका छौं र पोर्चुगल हाल पाँचौं महामारी चरणमा छ। गम्भीरता र मृत्युदरमा पहिलेका चरणहरू भन्दा कम प्रभावभएतापनि यसले निम्त्याउन सक्ने दुर्घटनाको बारेमा विशेष ध्यान दिन आवश्यक छ ” डीजीएसका पेड्रो पिन्टो लेइटले भने।

आज लिस्बनमा इन्फार्मेडको मुख्यालयमा पोर्चुगलमा महामारीको स्थितिमा मूल्याङ्कन बैठक बसेको छ ।

स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार अल्गार्वमा प्रति १० हजारमा २०३ जनामा संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य विज्ञहरु बताउँछन । युरोपमा चिसोसँगै विदेशी पर्यटकहरुको आगमन अल्गार्भ क्षेत्रमा बढेकोले सो क्षेत्रमा कोरोना संक्रमणको दरमा पनि बृद्धि भएको हो ।

पोर्चुगलमा कोरोना संक्रमणमा वृद्धि भएपछि सरकारले थप सजगता अपनाउन र स्वास्थ्य महानिर्देशानालयद्वारा निर्देशित उपायहरु अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ ।

अल्गार्भ क्षेत्रका साथै लिस्बन र तेजो उपत्यकामा समेत संक्रमण दरमा वृद्धि भएको छ। त्यस्तै अलेन्तेजो, उत्तरी क्षेत्र र आसोरेसमा समेत १० प्रतिशतले संक्रमितको संख्यामा ब्रिद्दि भएको सरकारी तथ्यांकले देखाएको छ।

कोरोनाको पाँचौ लहरबाट बच्न स्वास्थ्य माक्सको अनिवार्य प्रयोग गर्न र सामाजिक दुरी कायम कायम गर्न स्वास्थ्य महानिर्देशनालयले सुझाव दिएको छ ।

फोटो : भीओएन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार