पोर्चुगलमा कोरोना संक्रमण बढ्यो : शनिवार ३ हजार ३६४ संक्रमित थपिए, १२ को मृत्यु , अस्पताल भर्ना हुनेको संख्या ८१२ पुग्यो !

लिस्बन।

पोर्चुगलमा पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि भईरहेको छ।

शनिवार मात्रै ३ हजार ३६४ संक्रमित थपिएका छन् भने उपचारकै क्रममा १२ को मृत्यु भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

संक्रमितहरुमध्ये ८१२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, जसमध्ये १९४ जनाको आइसीयु उपचार भईरहेको छ भने ७०८ जना वार्डमा उपचारत छन्।

पोर्चुगलमा हालसम्म कोरोनाकै कारण १८ हजार ४०५ जनाले ज्यान गुमाईसकेका छन्।

पछिल्लो समय लिस्बन र तेजो क्षेत्र कोरोनाको हटस्पटको रुपमा रहेको छ।

पोर्चुगलमा कोरोना संक्रमितहरु बढेसंगै सरकारले स्वास्थ्य कानुनमा परिवर्तन गर्दै कडाई गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार