कोरोना नेगेटिभ परिक्षण रिपोर्टबिना पोर्चुगल प्रवेश गरेमा प्रतिव्यक्ति २० हजार युरो जरिवाना !

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरसको पाँचौ लहर शुरु भएसंगै सरकारले कडा नियम बनाएको छ।

कोरोना नेगेटिभ परिक्षण रिपोर्टबिना यात्रा गर्ने प्रतिव्यक्ति जरिवाना सरकाले २० हजार युरो तोकेको छ।

प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने, ” यात्रु जुनसुकै देशको नागरिक हुन्, पोर्चुगल प्रवेश गर्ने हरेक व्यक्तिको साथमा कोरोना नेगेटिभ परिक्षण रिपोर्ट अनिवार्य छ। कानुन नमान्ने प्रतिव्यक्ति २०,००० यूरो जरिवाना लाग्नेछ। ”

प्रधानमन्त्री कोस्ताले स्पष्ट पारे कि हवाई कम्पनीहरुले सरकारको नियम पूर्ण रुपले पालना नगरेकोले झन् कडाइ गर्दै यो नियम लागू गरिएको हो। उक्त जरिवाना यात्रुलाई नभई यात्रु बोक्ने एयरलाइन्समाथि लाग्नेछ।

एन्टोनियो कोस्टाले स्पष्ट पारे कि “यो सबै एयरलाइन्सहरूको दायित्व हो, ‘चेक इन’ को समयमा पोर्चुगलमा उडानको बोर्डिङलाई ठीकसँग कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्ट प्रमाणित गर्ने र हवाई अनुमति दिने र सही तरिकाले परीक्षण नगरिएका कसैलाई यात्रा अनुमति दिईनु हुदैन।”

पोर्चुगल कोभिड-१९ महामारीको कारण डिसेम्बर १ मा विपत्तिको अवस्थामा प्रवेश गर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार