लिस्बन।
अफ्रिकाबाट शुरु भएको ओमिक्रोन भेरीयन्टको कोरोनाको भाइरसले पोर्चुगलमा १३ जना संक्रमित भएका छन्। स्वास्थ्य महानिर्देशनालयले आज एक बिज्ञप्ती जारी गर्दै पोर्चुगलमा ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित फेला परेको पुष्टि गरेको हो।
ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित सहित उनीहरुको सम्पर्कमा रहेका सबैलाई अहिले आइसोलेशनमा राखिएको महानिर्देशनालयले जनाएको छ। संक्रमितहरुमध्ये एक जनाले केही दिन अगाडी मात्रै दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए।
ओमिक्रोन भेरीयन्टको बारेमा बिस्तृत जानकारी प्राप्त नभईसकेकोले भ्याक्सिनले के कस्तो असर गर्ने वा यो भेरीयन्टको कस्तो असर रहने भन्ने बारेमा स्वास्थ्य विज्ञहरु अझै स्पष्ट भईसकेका छैनन्। उनीहरुले ओमिक्रोन भेरीयन्टको बारेमा अनुसन्धान गरिरहेको महानिर्देशनालयले जनाएको छ।
त्यस्तै पछिल्लो केहि सातादेखि अफ्रिकाको भ्रमण गरेर फर्किएका सबैलाई कोरोना परिक्षण गर्न समेत महानिर्देशनालयले आग्रह गरेको छ।
यसैबिच पोर्चुगलले हवाई मार्गद्वारा पोर्चुगल आउने हरेक व्यक्तिले अनिवार्य कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम बनाएको छ।