लिस्बन, पोर्तो र फारो एयरपोर्टको ‘ आगमन क्षेत्र ‘ ९ जनवरी २०२२ सम्म बन्द !

लिस्बन।

लिस्बन, पोर्तो र फारो एयरपोर्टमा ‘ आगमन क्षेत्र ‘ बन्द गरिएको छ।

लिस्बन एयरपोर्टका निर्देशकले आज एक बिज्ञप्ति जारि गर्दै यी तिनैवटा एयरपोर्टमा आगमन क्षेत्रमा निषेध गरिएको जानकारी दिएका छन्।

कोरोना महामारी संक्रमण पोर्चुगलमा तिब्र गतिमा वृद्धि भएकोले र पोर्चुगलमा नयाँ भेरीयन्ट देखिएकोले रोकथामको उपायका लागि यी तिनै एयरपोर्टमा आगमन क्षेत्रमा आफन्तलाई स्वागत गर्न आउनेहरुमाथि निषेध गरिएको हो।

आफन्तहरुलाई एयरपोर्टमा अत्यावश्यक र नगई नहुनेहरुले पुर्व सूचना र स्वीकृति लिएर जान सक्नेछन।

उक्त नियम डिसेम्बर १ तारिख देखि ९ जनवरी २०२२ सम्म लागु हुनेछ।

अन्तराष्ट्रिय उडानमा भ्याक्सिन सर्टिफिकेटका साथै प्रत्येक यात्रुले कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट समेत पेश गर्नुपर्नेछ। यसो नगरेको खण्डमा यात्रुलाई ८०० युरोसम्म जरिवाना र एयरलाइन्सलाई प्रतिव्यक्ति २० हजार युरो जरिवाना गरिने कडा कानुनको व्यवस्था पोर्चुगल सरकारले गरेको छ।

कोभिड रिकभरी सर्टिफिकेट भएकाहरुको हकमा कोरोना परिक्षणको रिपोर्ट आवश्यक छैन।

एयरपोर्ट सेक्युरिटीका निर्देशक पेद्रो पिन्होले भने, ” तपाईहरु आफ्नो परिवारको सदस्यलाई स्वागत गर्न एयरपोर्टको आगमन क्षेत्रमा जान पाउनुहुने छैन, ट्याक्सी पार्क क्षेत्रमा पर्खनुपर्नेछ। त्यसैले अत्यावश्यक बाहेक आफन्तलाई स्वागत गर्न एयरपोर्ट आउनुको कुनै औचित्य छैन। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार