लिस्बन |
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर,२०२१ शनिबारका दिन संगठनको वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ।
सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यबस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानीक समाजवादको स्थापनाको संघर्षमा ऐक्यबद्दता जाहेर गर्दै पोर्तुगलमा पनि नेपालीहरुका विविध खाले समस्यामा समाधानको लागि सशक्त भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
मोर्चाको वार्षिक साधारण सभामा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमूख क. कन्चनले सम्बोधन गर्ने आयोजकले बताएका छन्। संगठनको उक्त कार्यक्रममा विश्वभर संगठित मध्यपूर्व, मलेशिया, जापान, हंगकंग, भारत, अमेरिका र यूरोपभरका मोर्चाका पदाधिकारी प्रतिनिधिहरुलाई सहभागीताको रहने आयोजकले जनाएका छन्। त्यसै गरी पोर्तुगल स्थित राजनीतिक तथा सामाजिक संघ संस्थाहरुलाई सहभागीताको लागि निमन्त्रणा गरिएको संगठनका प्रतिनिधिले भोइस अफ नेपाललाई बताए ।
जनस्वास्थ्यको ख्याल गर्दै कार्यक्रम भर्चुवल माध्यमबाट सम्पन्न गरिने भएको छ । संगठनको नियमित कार्यक्रम अन्तर्गत आयोजना गरिएको ऊक्त कार्यक्रममा सम्पूर्ण संघ संगठनका प्रतिनिधी, शुभचिन्तक तथा आम नेपाली जनसमुदायलाई उपस्थित हुन आव्हान गरिएको छ।