भीओएन संवाददाता, लुभेन।
मानव बेचखिन तथा ओसारपसार मुद्दामा गैरआवासीय नेपाली संघ बेल्जियमका पहिलो निर्वाचित अध्यक्ष युवराज गुरुङ काठमाडौँमा पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई २३ मंसिरमा सानेपाबाट पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङ एनआरएनए एग्रकल्चर प्रलोसन कमिटीका पहिलो ग्लोबल कन्भेयर हुन् । उनी बेल्जियम नेपाल चेम्बर अफ कमर्सका संस्थापक उपाध्यक्ष रहका उनी एनआरएनए आईसिसीका सल्लाहकार समेत रहेका छन् ।
प्रहरीका अनुसार उनले २२ बर्ष अगाडी बेल्जियम लैजाने प्रलोभनमा काठमाडौंकी कल्पना शर्मा (परिवर्तित नाम) भारतको दिल्ली लगेर अलपत्र परेका थिए । प्रहरीमा दर्ता जाहेरीअनुसार महिना दिनपछि कल्पनासँग रहेको साढे ५० लाख रुपैयाँ लिएर उनी बेल्जियम फेरार भएका थिए । मुद्दाको जाहेरीकर्ता पीडित कल्पनाकी श्रीमान् वीरबहादुर शर्माको मृत्यु भएपछि मात्रै उनी निश्फ़िक्रि नेपाल आउजाउ गर्न थालेको प्रहरीको दाबी छ।
गुरुङ विश्वभर हुने एनआरएनएका सबै भेलामा सहभागी हुदै आफ्नो प्रभुत्व जमाउने गरेको प्रहरी श्रोतले बताएको छ।