घटनापछि फरार भएका खनालको ३ दिनपछि पिडित युवतीलाई फोनबाट दबाब ” कार्यालय लथालिङ्ग भयो, आजैबाट काममा जाउ “

लिस्बन।

सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार गरेपछि सम्पर्कबिहीन भएका गैर आवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार राजन खनालले पिडितलाई नम्बर लुकाईएको गोप्य मोबाइल नम्बरबाट फोन गरेर काममा तुरुन्तै जान जबाब दिएका छन् ।

घटनाको ३ दिनपछि खनालले हिजो दिउसो पिडित युवतीलाई फोन गर्दै, ” तिमी नहुदा अफिस लथालिङ्ग भयो, आजैबाट अफिस जाउ ” भनेर दबाब दिएका छन्।

पिडित युवतीले घटनापछि आफू मानसिक र शारीरिक रुपले कम्जोर भएको र काम गर्न तयार नभएको बताएपछि सकेसम्म बेलुकाबाट , नसके भोलिबाट काममा गएर अफिस सम्हाल” भनेका छन्।

युवतीले खनाललाई “मलाई बिनाकारण ढोका थुनेर किन कुटेको ? ” भनेर प्रश्न गर्दा उनले , ” सबै बिर्सिदेउ, तिम्रो र मेरो व्यवहार पहिलेजस्तै हुन्छ ” भनेर सजिलै उत्तर दिएका छन्।

१५ जनवरीको घटनापछि फरार भएका खनालले हिजो १८ जनवरीमा पिडित युवतीलाई नम्बर लुकाएर फोन गर्दै आफु डेनमार्कमा भएको बताएका थिए।

खनालले आज आफ्नो बिज्ञप्ती निकालेका छन्, जसमा उनले कुनै पनि दुर्व्यवहार नगरेको र कुटपिटमा संलग्न नभएको उल्लेख गरेका छन्। उनले एकातिर पिडित भनिएकी युवतीले कामबाट राजिनामा दिईसकेको र कार्यालयलाई हानी पुर्याउन कार्यालय नछोडेको आरोप लगाएका छन्। अर्कातिर घटनाको ३ दिनपछि पिडित युवतीलाई उनि कार्यालयमा नभएकोले कामकाज लथालिङ्ग भएकोले तुरुन्तै काममा फर्किना दबाब दिएका छन्। यस घटनाले खनालको दोहोरो चरित्र उदाङ्गो भएको छ।

उता पिडित युवतीले खनालले निरन्तर ह्यारस गरेकोले बाध्य भएर काम छोड्न राजिनामा दिएको र खनालको क्रियाकलाप ल फर्मका मालिक नुनुलाई जानकारी दिईसकेको र राजिनामा स्वीकृत नभएको दाबी गरेकी छिन। पिडित युवतीका अनुसार जारिनामा स्वीकृत नभई ल फर्मका मालिक नुनुले जनवरीदेखि तलब बढेर आउने भन्दै आफुलाई म्यासेज गरेको प्रमाण समेत भोइस अफ नेपाललाई दिएकी छिन्।

खनाल आफ्नो कर्तुत लुकाउन एक पछि अर्को झुट बोल्दै अनेक बहानामा पिडित युवतीलाई फकाउने खेलमा लागेका छन्। खनालले आफु डेनमार्कमा भएको बताएतापनि उनले आफ्नो मोबाइल नम्बर लुकाएरफोन गरेकोले पोर्चुगलमै लुकेर बसेको पिडित युवतीको दाबी छ।

घटनाको उजुरी प्रहरीसमक्ष पुगिसकेकोले प्रहरीले अदालती कानुनी कारवाही अगाडी बढाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार