लिस्बन एयरपोर्टबाटै ४ दिन अगाडी हराएका सिलवाल सकुशल भेटिए, लिस्बनको एक असपतालमा उपचार हुदै !

लिस्बन।

पोर्चुगलबाट ४ दिन अगाडी नेपाल फर्किदा लिस्बन एयरपोर्टबाटै सम्पर्कविहीन भएका नेपाली आज सकुशल भेटिएका छन्।

पोर्चुगलको बसाइलाई बिट मार्दै लिस्बन एयरपोर्टबाट चितवन राप्तिनगर घर भएका नमराज सिलवाल शुक्रवार नेपाल फर्किदै थिए।

पोर्चुगलको फारोमा बस्दै आईरहेका ३३ बर्षीय सिलवाल टर्किस एयरलाइन्सको १६:४५ को TK 1760 बिमान मार्फत ११ फेब्रुअरी २०२२ मा नेपाल फर्किदै गर्दा एकाएक एयरपोर्टबाटै गायब भएका थिए।

एयरपोर्टमा पुगेर “चेक इन” गर्न कुरिरहेका उनि क्यास मेसिनमा पैसा झिक्न गएपछि एकाएका सम्पर्कविहीन भएका थिए। त्यसयता उनि परिवार र आफन्तजन कसैको पनि सम्पर्कमा थिएनन् ।

सम्पर्कविहिन भएका सिलवालको खोजि कार्य गरिदिन नेपालबाट उनका परिवारले आग्रह गरेपछि सिलवाल हराएको खबर स्थानीय प्रहरीलाई समेत गरिएको थियो । प्रहरीले पनि सिलवालको खोजि कार्यमा समुदायसँग सहयोग मागेको थियो ।

डिप्रेशनमा रहेका सिलवाललाई प्रहरीले आज बिहान ५ बजेतिर लिस्बनको ओरियन्त नजिकै रहेको सूचना प्राप्त गरेको थियो। सम्पर्कविहिन भएकै दिनदेखि आफ्नो मोबाइल अफ गरेर बसेका सिलवालको फोन आज बिहान मात्रै अन भएको र अन हुनेबित्तिक्कै प्रहरीले उनलाई ट्रयाक गरेको श्रोतले भोइस अफ नेपाललाई बतायो। सिलवाल सम्पर्कमा आएसंगै प्रहरीले तत्कालै नेपाली समुदायको अग्रसरतामा उनको उद्धार गरेको थियो। उद्धार कार्यमा एनआरएनए अभियन्ता रबिन अधिकारीसहितको टोली तुरुन्तै सिलवाल भएको स्थानमा पुगेको थियो।

एयरपोर्टबाटै हराएको ४ दिनपछि फेला परेका सिलवालको अहिले लिस्बनको साउ जोजे अस्पतलमा उपचारमा भईरहेको छ।

उता नेपालमा रकेका सिलवालका परिवारलाई समेत सिलवाल फेला परेको र उपचार भईरहेको खबर एनआरएनए पोर्चुगलले दिईसकेको छ। सिलवालका परिवारले उनको खोजी र उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार