पोर्चुगलमा नेपालीहरुले पानी वितरण गर्दै मागे दुतावास !

लिस्बन।

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले राजधानी लिस्बनमा पानी बितरण गर्दै दूतावासको माग गरेका छन्।

‘नेपाली राजदूतावास अभियान समूह’मा आबद्ध नेपालीहरुले पोर्चुगलमा नेपाली दुतावास स्थापना गर्न नेपाल सरकारमाथि दवाव बढाउन राजधानी लिस्बनको एक प्रमुख पार्क अलेमेदामा आइतवार पानी वितरण गर्दै सांकेतिक प्रदर्शन गरेका हुन् ।

‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए । अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने ठाउँसम्म नभएका कारण आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।

कार्यक्रममा महिला संघ पोर्चुगलका अध्यक्ष माया खरेल, अभियानकर्ता नवीन तिमल्सिना लगायतले आफ्नो धारणा राखेका थिए ।​ बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली बसोबास गर्दै आईरहेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार