पोर्चुगल १ हजार २४५ विस्थापित युक्रेनीहरूलाई समायोजन गर्न तयार : मन्त्री मारियाना

लिस्बन।

पोर्चुगलले युक्रेनबाट विस्थापित एक हजार २४५ मानिसहरूलाई समायोजन गर्न तयार भएको राष्ट्रपति कार्यालयका मन्त्री मारियाना भिइरा डा सिल्भाले बताएकी छिन्।

असाधारण मन्त्रिपरिषद् बैठक पछिको पत्रकार सम्मेलनमा युक्रेनमा युद्धको परिणाम स्वरूप विस्थापित व्यक्तिहरूलाई अस्थायी सुरक्षा प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो।

मन्त्री मारियाना भिइरा डा सिल्भाले बिस्थापित युक्रेनी नागरिकहरूको लागि पोर्चुगल सरकारले आवास उपलब्ध गराउने बताएकी छिन् ।

मन्त्रीका अनुसार, सरकारले उपलब्ध आवासको सूची बनाउन विभिन्न संस्था, काउन्सिल र नागरिक समाजसँग काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार