जयन्त सोकल
नेपाल
म बुद्ध जन्मेको देशको मान्छे
बुद्ध भट्टि खोलेर
भुटन र बुद्द रक्सी बेच्ने मेरो अधिकार हो।
त्यहाको भुटन खाने पनि मेरो अधिकार हो।
त्यहाको रक्सी पिउने पनि मेरो अधिकार हो।
बुद्ध मेरो देशको भन्ने पनि मेरै अधिकार हो।
ओए?
मेरो गोर्खाली खुकुरी अझै छ।
त्यहि खुकुरीले आफ्नै ईज्जतलाई
कति ठाऊँ छिनाई सकेँ।
के तँ सग म डराउँछु?
हिमाल हेर
मेरो पैतालामा छ
हिमाल भन्दा अग्लो मान्छे म।
स्वाभिमानलाई अहमसँग दाज्ने
को होस त?
बहादुरी हेर्नु छ भने मेरो देशमा आईज।
मेरो देशमा प्रकृतिले बनाएको
सुन्दर हिमाल मात्र छैनन्
ताल र पहाड मात्र छैनन्
मधेस र बेसी मात्र पनि छैनन्।
देश भित्रै हामीले मेहेनत गरेर
बनाएको ठुलो कारखाना छ-
त्यो कारखानाले मेसिन बनाउछ।
तिनै मेसिनहरु
देश भित्र कांग्रेसले चलाउछ।
एमालेले चलाउछ।
माओबादीले चालाउछ।
अरु अरुले पनि चलाउछन्।
कतिले चलाउछन् – भनेर साद्दे छैन्।
त्यति मात्र हैन ति मेसिनहरु
खाडि निर्यात हुन्छन्- अरबिले चलाउछ
जापान कोरिया निर्यात हुन्छन्
उताका रोबर्टहरुले चलाऊछन्।
अमेरिका युरोप पनि निर्यात हुन्छन् हाम्रा मेसिन
त्यहा गोराहरुले चलाउछन्।
अब के तलाई नेपाल मन्दिर हो र
म भगवान हुँ भनेर पनि मैलै भन्नु पर्छ?