लिस्बन।
पोर्चुगल विश्व खुसी देशको वरियतामा ५६ औं स्थानमा परेको छ। गतबर्षको तुलनामा पोर्चुगल दुई स्थान माथि उक्लिएको हो।
संयुक्त राष्ट्र संघले तयार पारेको सन् २०२२ को विश्व खुसी वरियतामा १४६ देशका नागरिकको खुसीको स्तर नापेको थियो। खुसी वरियतामा विभिन्न मापदण्डमा आधारित थियो। यसमा प्रतिव्यक्ति जीडीपी, स्वस्थ जीवनको अपेक्षा, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता, उदारता र भ्रष्टाचार को धारणा आदि मापक थिए।
यस वरीयताअनुसार पोर्चुगलले गत वर्षको तुलनामा दुई स्थानले माथि उक्लिदै ५६ औँ स्थानमा परेको हो। सन् २०१९ मा पोर्चुगल 11 स्थान माथि उक्लिएर 66 औं स्थानमा परेको थियो। त्यसपछि २०२० मा ५९ औं स्थानमा उक्लिएको थियो । ग्रीस, चीन, रुस, युक्रेन वा टर्की जस्ता देशभन्दा पोर्चुगल खुसी देशको वरियतामा अगाडि छ ।
फिनल्यान्ड लगातार पाँचौं वर्ष पनि विश्वको सबैभन्दा खुसी देशको रूपमा सुचिकृत भएको छ। त्यपछि डेनमार्क र आइसल्याण्ड रहेका छन्। विश्वका खुसी देशको शीर्ष १० मा स्विट्जरल्याण्ड, नेदरल्याण्ड, लक्जमबर्ग, स्वीडेन, नर्वे, इजरायल र न्यूजिल्याण्ड रहेका छन् ।
विश्वका खुसी देशको बरियतामा नेपाल ८४ औं स्थानमा रहेको छ।
विगत १० वर्षमा, यस श्रेणीमा सबैभन्दा ठूलो वृद्धि सर्बिया, बुल्गेरिया र रोमानियामा भएको छ, जबकि सबैभन्दा ठूलो गिरावट लेबनान, भेनेजुएला र अफगानिस्तानमा रेकर्ड गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार औसतमा अधिकांश देशहरूमा तनाव, चिन्ता र उदासीको सन्दर्भमा माथिल्लो देखि मध्यम दीर्घकालीन प्रवृत्ति, साथै “जीवनको गुणस्तरमा थोरै दीर्घकालीन गिरावट” भएको अनुसन्धानले देखाएको छ।