काठमाडौँ।
गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन काठमाडौँमा चलिरहेको छ।
संघको १० औं महाधिवेशनले २०२१-२०२३ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ।
काठमाडौँको याक एण्ड यति होटलमा २२ देखि २५ मार्च सम्म सम्पन्न हुने महाधिवेशनको बुधवार सम्पन्न बन्द सत्रले नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन गरेको हो।
महाधिवेशन प्रवक्ता कृष्ण केसी द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार नवनिर्वाचित कार्यसमिति निम्न अनुसार रहेको छ।
(१)अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
(२)उपाध्यक्ष-उमेश पुडासैनी (कुवेत)
(३)उपाध्यक्ष-थर्क सेन (बेलायत)
(४)उपाध्यक्ष-बाबु राम लामा (अमेरिका)
(५)उपाध्यक्ष-सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
(६)उपाध्यक्ष-महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
(७)महासचिव-जानकी गुरुङ्ग (बेल्जियम)
(८)सचिव-जुनु गुरुङ्ग (कोरिया)
(९)कोषाध्यक्ष-डिला राम खरेल (अष्ट्रेलिया)
(१०)क्षेत्रीय संयोजक-केशब कडेल (अष्ट्रेलिया)
(११)क्षेत्रीय संयोजक-अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
(१२)क्षेत्रीय संयोजक-युरोप- उल्का घिमिरे (बेल्जियम)